प्रियंका चोपडाको फिल्ममा नेपाली अभिनेत्री जेनिशा केसी, कस्तो छ भूमिका ?



बलिउड अभिनेत्री प्रियंका चोपडाको निर्माणमा बनिरहेको भोजपुरी फिल्म ‘काशी अमरनाथ’मा नेपाली अभिनेत्री जेनिशा केसी पनि देखिने भएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार झारखण्डको राँचीमा मे १ देखि फिल्मको सुटिङ सुरु भएको छ।

दोस्रो दिनमा फिल्मको गीतको छायांकन गरिएको थियो । राँचीको एक बारमा सुटिङ गरिएको गीतमा जेनिशाले रवि किशनसँग नृत्य गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रवि किशन भोजपुरी फिल्मका सुपरस्टार हुन्।

प्रियंकाकी आमा मधु चोपडाको स्वामित्वमा रहेको फिल्म कम्पनी ‘पर्पल पेबल’ बाट बनिरहेको फिल्मलाई सन्तोष मिश्राले निर्देशन गरिरहेका छन्। प्रियंका हाल भारतका प्रान्तीय भाषाका फिल्म निर्माणमा जोड दिइरहेकी छन्।

उनले भारतको नेपालीभाषी बहुल क्षेत्र सिक्किमका कलाकारलाई लिएर नेपाली भाषाको फिल्म ‘पाहुना’ निर्माणको घोषणा गरिसकेकी छन्।
बताइएअनुसार बाँकी दृश्यका लागि गोवा जाने तयारी गरिरहेकी जेनिशा हाल मुम्बईमा बस्छिन्।

एक अन्तरवार्तामा उनले प्रियंका र उनकी आमालाई भेटेको र आफू अडिसनबाट छानिएको बताएकी छन्।

‘गिरफ्तार’ फिल्मबाट फिल्म अभिनयमा लागेकी जेनिशाले करिब डेढ दर्जन नेपाली फिल्ममा अभिनय गरेकी छन्। ‘आधी बाटो’ उनको अहिलेसम्मको अन्तिम फिल्म हो।

डेढ दर्जन फिल्म खेल्दा पनि अभिनयका कारणले उति चर्चामा नरहेकी जेनिशा कुनै समय अभिनेता विराज भट्टसँग नाम जोडिएर चर्चामा थिइन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News