एनसेलले पायो फोरजी अनुमति


 


काठमाडौँ, वैशाख २२

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको प्रविधि (फोरजी) सञ्चालन अनुमति पाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेललाई फोरजी अनुमति दिएको हो। प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले एनसेललाई फोरजी सञ्चालनको अनुमति दिएको स्रोतले जानकारी दिएको छ ।

अघिल्लो साता संसदको  विकास समितिले उपभोक्ता अधिकार र मुलुकमा प्रविधिको विकासलाई रोक्न नहुने भन्दै सरोकारवाला निकायलाई एनसेलको फोरजी सेवा स्वीकृत गर्न निर्देशन दिएको थियो ।

सार्वजनिक लेखा समितिले भने पुँजीगत लाभकर सबै नउठेको भन्दै फोरजी सेवा रोक्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्