भोजपुर सेवा समाज युएइको अध्यक्षमा तामाङ


 


भोजपुर, असार १७

खाडी मुलुक संयुक्त अरब इमिरेट्स (युएइ) दुबइमा रहेको भोजपुर सेवा समाजको अध्यक्षमा भक्तबहादुर तामाङ चयन भएका छन् । राजधानी अबुधाविमा रहेको समाजले १८ सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ । समाजको उपाध्यक्षमा पर्शुराम कार्की, सचिवमा पेम्बा टि शेर्पा, सह सचिव दिपक कार्की र कोषाध्यक्षमा मोहन तामाङ रहेका छन् ।

त्यस्तै सदस्यहरुमा अस्मि तामाङ, अनिल तामाङ, दिपक तामाङ, प्रकाश खत्री, पम्फा तामाङ, निमेष गोले, सुरेश परियार, उदेस कुमार सोराइली, कुबिर कार्की, राकेस कार्की, भुपाल राई, सान्तिराम राई र गोपाल कोइराला रहेका छन् । सन् २०१३ मा समाजको स्थापना भएको हो । युएइमा रहेका भोजपुरेहरुले यो संस्था खोलेका हुन् ।

छरिएर रहेको भोजपुरेहरुलाई एकत्रित गर्दे समस्यामा परेका उनिहरुलाई सघाउ र जिल्लाको विकासमा सहयोग गर्ने उदेश्यले संस्थाको स्थापना गरिएको नवनिर्वाचित अध्यक्ष भक्तबहादुर तामाङले बताए । यतिबेला युएइमा भोजपुरका मात्रै झण्डै आठ हजारको हाराहारीमा युवाहरु कार्यरत छन् ।

समाजले यतिबेला यहाँ कार्यरत भोजपुरेहरुको डाटा संकलन गरिरहेको संस्थाले जनाएको छ । युएइका सात वटै राज्यमा भोजपुरे युवाहरु वैदेशिक रोजगारीका क्रममा सक्रिय छन् ।

प्रकाशित मिति: १७ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्