भोजपुरका भुकम्पपीडितलाई सुनसरी समाजको सहयोग


 


भोजपुर, असार १७

भोजपुर सुनसरी सेवा समाजले जिल्लाको उत्तरी दोभाने र खाटम्मा गाविसका भूकम्पपीडितलाई सहयोग गर्ने भएको छ । पूर्ण रुपमा घर क्षती भएका पीडित परिवारको लागि पुनर्निर्माण र अस्थायी बसोबासको लागि सहयोग गर्ने समाजले जनाएको छ ।

यी दुई वटा गाविसमा पीडित परिवारको पहिचान गरि ७० घरपरिवारलाई ५ हजारका दरले नगद सहयोग प्रदान गरिने समाजका अध्यक्ष नन्दप्रसाद श्रेष्ठले बताए । जिल्ला दैवी प्रकोप उद्दार समितिसँग समन्वय गरेर वर्षात्को समयमा बासको लागि राहत स्वरुप सहयोग गर्न लागिएको समाजका सचिव रेवतीरमण राईले बताए ।

भोजपुर जन्मेर वाहिर वसिरहेका र जिल्लावासीबाट समेत यतिबेला तीन लाख ६० हजार रकम उठाईएकोले सोहि पैसाबाट सहयोग गर्न लागिएको समाजले जनाएको छ । त्यस्तै गरि दोस्रो चरणमा भुकम्पमा परि ज्यान गुमाएका परिवारलाई पनि ५ हजारका दरले सहयोग गर्ने समाजले जनाएको छ ।

प्रकाशित मिति: १७ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्