४८.७१ अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार



काठमाडौं। बिहीबार नेप्से ४८.७१ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा १.७३ प्रतिशतले बढेको नेप्से २८५१.२४ विन्दुमा अडिएको हो।

सेयरबजारमा बिहीबार ३३८ कम्पनीको एक लाख आठ हजार ८६९ पटकको कारोबारमा दुई करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर किनबेच भए। जसअनुसार बिहीबार नौ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँको कारोबार भयो।

नेप्सेमा बुधबार भने आठ अर्ब ३१ करोड ८९ लाख आठ हजार ४४१ रुपैयाँको कारोबार भएको थियो।

१३ समूहका कारोबार भएकामा सबै समूहका सूचकमा हरियाली देखियो। जसअनुसार बिहीबार वाणिज्य बैंक समूहको सूचक १.२४‚ विकास बैंक ०.७८‚ फाइनान्स १.४७‚ होटेल तथा पर्यटन २.३९‚ जलविद्युत् २.७० प्रतिशतले बढ्यो।

यसैगरी लगानी समूहको उपसूचक १.००‚ जीवन बिमा ०.९९‚ उत्पादन तथा प्रशोधन २.५८‚ लघुवित्त १.२०‚ म्युचुअल फन्ड ०.१३‚ निर्जीवन बिमा १.००‚ अन्य ३.४३ र व्यापार समूहको उपसूचक ०.६२ प्रतिशतले उकालो लाग्यो।

६ कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लागे। सकारात्मक सर्किट लाग्नेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड‚ रिलायन्स स्पिनिङ मिल्स लिमिटेड‚ भुजुङ हाइड्रोपावर लिमिटेड‚ रिजलाई इनर्जी लिमिटेड‚ सोलु हाइड्रोपावर लिमिटेड र होटेल फरेस्ट इन नेपाल छन्।

यस्तै एनआईसी एसिया ब्यालेन्सड फन्डका लगानीकर्ताले ६.७४ प्रतिशतले घाटा बेहोरे।

कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। आज नेसनलको ४३ करोड ४७ लाख ६६ हजार ४४९ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज प्रभु स्मार्ट फन्ड सबैभन्दा अगाडि रह्यो। प्रभु स्मार्ट फन्डको सेयर बिहीबार ४८ लाख ८१ हजार ८१ युनिट किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतियुनिट १२ रुपैयाँ ३७ पैसा कायम रह्यो।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्