जय ट्रफी क्रिकेटमा अब ६ टोलीको सहभागिता रहने



काठमाडौं २७ चैत। नेपाल क्रिकेट संघ -क्यान_ले आयोजना गर्दै आएको जय ट्रफी मेन्स एलिट कपमा सहभागी टोलीको संख्या बढाइएको छ।

क्यानले आगामी सिजनदेखि प्रतियोगितामा कुल ६ वटा टोलीको सहभागिता रहने जनाएको छ । यसअघि सो प्रतियोगितामा चार टिमको सहभागिता रहँदै आएको थियो।

‘नेपाल क्रिकेट संघको आयोजनामा सञ्चालन हुँदै आइरहेको जय ट्रफी मेन्स एलिट कपमा आगामी सिजनदेखि कुल ६ टिमहरूको सहभागिता रहने ब्यहोरा अनुरोध गर्दछौँ,’ क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै भनेको छ ।

यसअघि प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट चार टिमको मात्र जय ट्रफीमा सहभागिता रहने गरेको थियो ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्