समाजसेवी राई सम्मानित


 


भोजपुर, असार १७

sammmanयहाँको हेलौछा गाविसमा जातिय छुवाछुत (कसुर र सजाय) ऐन २०६८ विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय समाजसेवी दिलबहादुर राईलाई सम्मान गरिएको छ ।

समतामुलक समाज निर्माणमा राईले योगदान पुर्र्याएको भन्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । दलित विकास कार्यक्रम उपभोक्ता समिति हेलौछाको आयोजनामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा स्थानीय राजनीतिक दल, बुद्धिजिवि, समाजसेवी, संघ संस्थाका प्रतिनिधि र स्थानीय समुदायको उपस्थिति थियो । कार्यक्रम समितिका अध्यक्ष बुद्धि विश्वकर्माको अध्यक्षता र मुक्ति समाज नेपाल भोजपुरका अध्यक्ष रविन शिवाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि शिवाले जातिय भेदभाव दलित समुदायको मात्र नभएर सिंगो समाजकै समस्या भएकोले विभेद अन्त्यका लागि संगठित रुपमा आवाज उठाउनु पर्ने बताए ।

प्रकाशित मिति: १७ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्