मनी ताम्लिङको ‘इफोर्ट म्युजिक भिडियो बजारमा


 


एक दशक अगाडि लिम्बु भाषाको एल्बम ‘आल्ल पेगि’ एकल गायनमा निकालेर सङ्गीतिक पाइला चल्नुभएका सङ्गीतकर्मी मनी ताम्लिङ्ले त्यसपछि क्रमश: ‘तिमीलाई’, ‘इन मेमोरी’ र ‘इफोर्ट’ गरी चार एल्बम पस्किसकेका छन् ।

त्यहीं चौंथो एल्बम् ‘इफोर्ट’को ‘हाक्पारे पालाम गाइन्छ, च्याब्रुङ्को तालमा नाचिन्छ, आम्बी धानै पो नाचिन्छ’ बोलको
गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

सन्तोष आङ्देम्बेको शब्द, सङ्गीत रहेको यो गीतमा गायक मनी ताम्लिङ र सुमी लिबाङ्ले अभिनय गरेका छन् भने खगेन्द्र पन्धाक लिम्बुले निर्देशन, छायाङ्कन र सम्पादन गरेका छन् ।

गीतको अडियो ओपेरा इन्टर्टेन्मेन्ट्ले बजारमा ल्याएको हो र गीतको सङ्गीत संयोजन कुमार थापाले गरेका छन् ।

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्