रुसका पूर्व उपरक्षामन्त्रीलाई १९ वर्षको जेल सजाय
रुसका पूर्व उपरक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार मुद्दामा १९ वर्षको जेल सजाय सुनाइएको छ।
सन् २०२४ मा पक्राउ परेका उनीविरुद्ध मस्कोस्थित एक विशाल सैन्य १थिम पार्कसँग सम्बन्धित वित्तीय अनियमितताको मुद्दा लागेको थियो।
उक्त पार्कलाई कतिपयले रुसको ुसैन्य डिज्नील्यान्डु भनेर पनि चिन्ने गरेका छन्। उक्त परियोजना प्याट्रियट पार्क पूर्व रक्षामन्त्री सर्गेई सोइगुको पहलमा निर्माण गरिएको हो।
यसको उद्देश्य युवा पुस्तामा राष्ट्रिय गौरव जगाउने र सोभियत तथा रुसी सैन्य शक्ति प्रदर्शन गर्ने रहेको थियो।
पार्कभित्र फायरिङ रेन्ज, एयर बेस, सङ्ग्रहालय र सम्मेलन केन्द्र समेटिएको छ। साथै सोभियत र रुसी सैनिकहरूको मोजाइकसहित रुसी सशस्त्र बलको विशाल खाकी रङको क्याथेड्रल पनि छ।
क्रेमलिनका अनुसार राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त चर्चका लागि प्रयोग गरिएको मुख्य आइकन निर्माणमा व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्नुभएको थियो।
सरकारी समाचार संस्था रिया नोभोस्तीका अनुसार पोपोभ प्याट्रियट पार्कको विकास र मर्मतसम्भारका जिम्मेवार अधिकारी थिए।
अनुसन्धानकर्ताहरूले उहाँले मस्को क्षेत्रमा आफ्नो निजी सम्पत्तिको पुनर्निर्माणका लागि पार्कको बजेटबाट दुई करोड ५० लाख रुबल ९करिब तीन लाख २४ हजार अमेरिकी डलर० भन्दा बढी रकम दुरुपयोग गरेको निष्कर्ष निकालेका छन्।
सरकारी समाचार संस्था तासका अनुसार पोपोभले अभियोग अस्वीकार गरेका छन् र उनका वकिलले फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन्।
अदालतले उनलाई सजायसँगै ८ करोड ५० लाख रुबल ९करिब ११ लाख डलर० जरिवाना पनि तोकेको छ।
यसै मुद्दासँग सम्बन्धित अर्को घटनामा प्याट्रियट पार्कका निर्देशक तथा रक्षा मन्त्रालयको इनोभेसन विभागका सहायक मेजर जनरल भ्लादिमिर सिश्तेरोभलाई पनि दोषी ठहर गरिएको छ।
उनलाई ६ वर्षको जेल सजाय सुनाइएको छ भने पोपोभसँगै आरोपित अर्का अधिकारीलाई पाँच वर्षको जेल सजाय तोकिएको छ।
पूर्व उपरक्षामन्त्री सर्गेई सोइगुसँग सम्बन्धित कम्तीमा दर्जन अधिकारी रुसी सैन्य नेतृत्वभित्रको पद दुरुपयोगसम्बन्धी व्यापक अनुसन्धानको दायरामा परेको बताइएको छ।
प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार
















