‘इस्लामावाद वार्तामा कुनै सहमति भएन’
काठमाडौँ, चैत २९ गते । इस्लामावादमा भएको पछिल्लो चरणको वार्तामा संयुक्त राज्य अमेरिका र इरानबिच कुनै सहमति हुन नसकेको अमेरिकाका उपराष्ट्रपति जेडी भेन्सले बताउनुभएको छ ।
अमेरिकाका उपराष्ट्रपति जेडी भेन्सले इरानसँग चलिरहेको ऐतिहासिक शान्ति वार्ताका विषयमा एक पत्रकार सम्मेलनमार्फत उहाँले अमेरिका आफ्नो धारणा स्पष्ट रूपमा राखिसकेको भएपनि इरान हाम्रा सर्तहरूमा सहमत नभएको जानकारि गराउनुभएको हो ।
भेन्सले अमेरिकी पक्षले झण्डै एक दिनको निरन्तर सञ्चारपछि आफ्नो अन्तिम र उत्कृष्ट प्रश्ताव पेश गरेको उहाँले बताउनुभयो । छलफल सद्भावका साथ गरिएको थियो तर प्रश्तावले अझै स्वीकृति पाउन नसकेको उहाँको भनाइ छ ।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार
















