अमेरिका-इरान वार्ता असफल भएपछि पाकिस्तान- दुई देशलाई मिलाउने हाम्रो प्रयास जारी रहन्छ
एजेन्सी । पाकिस्तानको मध्यस्थतामा भएको अमेरिका र इरानबीचको त्रिपक्षीय ‘इस्लामाबाद वार्ता’ कुनै ठोस सम्झौता बिना नै टुङ्गिएको छ।
२१ घण्टा लामो गहन छलफलपछि पनि कुनै सहमति हुन नसकेपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स वार्ता टोलीसहित आइतबार बिहान पाकिस्तानबाट फर्किएका छन्।
उपराष्ट्रपति जेडी फर्किएपछि पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री इसाक दारले पत्रकार सम्मेलन गरी दुई देशबीच सम्झौताका लागि आफ्नो देशले प्रयास जारी राख्ने बताएका छन्।
डारले भने- ‘पाकिस्तानको तर्फबाट, म युद्धविरामका लागि पाकिस्तानको प्रयास र मध्यस्थकर्ताको भूमिकाको कदर गरेकोमा दुवै पक्षलाई कृतज्ञता व्यक्त गर्न चाहन्छु। हामी आशा गर्छौं कि दुवै पक्षले सम्पूर्ण क्षेत्र र बाहिर दिगो शान्ति र समृद्धि प्राप्त गर्न सकारात्मक भावनाका साथ अगाडि बढ्नेछन्।’
उनले पक्षहरूले युद्धविरामको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिनु अत्यावश्यक रहेको कुरामा जोड दिए।
उता अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता सकारात्मक भए पनि सम्झौता हुन नसकेको स्वीकार गरे। उनले इरानले आणविक हतियार नबनाउने ग्यारेन्टी दिनुपर्ने अमेरिकाको सर्त तेहरानले नमानेको बताएका छन्। भान्सले पाकिस्तानी आतिथ्यको प्रशंसा गर्दै वार्ता असफल हुनुमा पाकिस्तानको कुनै दोष नरहेको पनि प्रस्ट पारेका छन्।
यता इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बकाईले भने वार्तामा होर्मुज जलडमरूम, आणविक मुद्दा, प्रतिबन्ध र क्षतिपूर्तिजस्ता विषयमा छलफल भएको बताए। उनले भने, ‘यस कूटनीतिक प्रक्रियाको सफलता विपक्षी पक्षको गम्भीरता र असल विश्वासमा निर्भर गर्दछ।’ इरानी पक्षले अमेरिकी सर्त जटिल भएका कारण सम्झौता हुन नसकेको टिप्पणी गरेको छ।
मध्यस्थकर्ता पाकिस्तानले २४ घण्टासम्म दुई देशबिचको संवादलाई सहज बनाउन भूमिका खेलेको थियो। वार्तामा प्रतिबन्ध हटाउने, कोषमा पहुँच र क्षेत्रीय द्वन्द्व अन्त्य गर्ने विषयमा प्रस्तावहरू आदानप्रदान भएका थिए।
वार्ताका लागि अमेरिकी टोलीको नेतृत्व जेडी भान्स र इरानी टोलीको नेतृत्व संसदका सभामुख मोहम्मद बागेर गालिबाफले गरेका थिए।
अमेरिका र इजराइलले फेब्रुअरी २८ मा इरानमा संयुक्त हमला गरी त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित शीर्ष अधिकारीहरूको हत्या गरेको थियो। खामेनी मारिएपछि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले लेबननबाट
पछिल्लो पटक मध्यपूर्वका देशहरुमा साउदी, कुवेत, बहराईन, कतार, दुबई, सारजाहा, ओमान, इराकमा रहेको अमेरिकी सैनिक अखडाहरुमा लगातार मिसाइल आक्रमण गरेर प्रतिरक्षा प्रणाली ध्वस्त पारिसकेको छ ।
जसमा परी मारिएकाको संख्या ५ हजार नाघिसकेको रिपोर्ट सार्वजनिक भएको छ। इरानमा सबैभन्दा बढि बालबालिका र आम नागरिकसहित ३,५१९ जना, दोस्रो लेबननमा १,३१८ जना, इराकमा १०७ जना, इजरायलमा १९ जना, अमेरिकामा १३ जना, संयुक्त अरब इमिरेट्स ९यूएई० मा ११, कतारमा ७, कुवेतमा ७, वेस्ट बैंकमा ४, सिरियामा ४, बहराइनमा २, ओमानमा २ र साउदी अरेबियामा २ जना मारिएका छन्।
एकातिर विश्वका सबैभन्दा महत्वपूर्ण तेल परिवहन मार्गहरूमध्ये एक मानिने दक्षिण इरानको तटछेउ अवस्थितमा स्ट्रेट अफ होर्मुजबाट हुने विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति अझै ठप्प रहँदा विश्वव्यापी चिन्तन बढेको छ।इरानले यो जलमार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो असर परेको छ ।
तेलको मूल्य उल्लेखनीय रूपमा बढेको छ भने विश्व अर्थतन्त्रमा दबाब सिर्जना भएको छ ।
त्यसपछि गत साता ट्रम्पले इरानप्रति अत्यन्तै कडा र विवादास्पद अभिव्यक्ति दिएका छन्। उनले आज राति नै इरानको “पूरै सभ्यता समाप्त हुन सक्ने” चेतावनी दिएका थिए ।
त्यसपछि पाकिस्तानका प्रधानमन्त्री सहबाज र सेना प्रमुख असिम मुनिरको अनुरोधमा युद्धविराम गर्ने निर्णय गरिएको थियो ।
तर युद्धविराम सम्झौतापछि पनि इजरायलले लेबननमा हमला जारी राखेपछि इरान रिसाएको थियो। यस विषयमा वार्तामा बस्नुअघि नै अमेरिका र इरानबिच मतभेद भइरहेको थियो।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार
















