उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण



काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गरेकी छन् ।

सोमबार सिंहदरबार स्थित कार्यकक्षमा पुगेर उनले पदभार सम्हालेकी हुन् ।

यही चैत २७ गते उपसभामुखको निर्वाचन सम्पन्न भएको थियो। उक्त निर्वाचनमा श्रम संस्कृति पार्टी बाट ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी बाट सरस्वती लामा उम्मेदवार रहेका थिए।

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस नेकपा लगायतको समर्थनपछि ठाकुर उपसभामुखमा निर्वाचित भएकी हुन्।

पदभार ग्रहणपछि उनले सभामुख डोलप्रसाद अर्यालसँग पनि शिष्टाचार भेट गरेकी छन्।

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्