तत्कालीन प्रशासकीय अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झण्डै २३ लाख बिगो माग



काठमाडौं । दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्य, आर.के. कन्स्ट्रक्सन सुर्खेत र उक्त कम्पनीका सञ्चालक सुवास कार्कीलाई मुख्य प्रतिवादी बनाएको छ ।

उनीहरुविरुद्ध २२ लाख ४४ हजार पाँच सय रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्