गण्डकी प्रदेशमा मन्त्रिपरिषद् फेरबदल हुँदै, आजै शपथ



पोखरा । गण्डकी प्रदेशको मन्त्रिपरिषद आज फेरबदल हुने भएको छ ।

बुधबार दिउसो मन्त्रिपरिषद फेरबदल हुन लागेको हो ।

मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नेकपा एमाले र नेपाली काँग्रेसका सांसदहरुलाई सहभागी गराएर मन्त्रीपरिषद फेरवदल गर्न लागेका हुन्।

एमालेबाट नयाँ मन्त्री परिषदमा प्रमुख सचेतक गोविन्द वहादुर नेपालीलाई भौतिक मन्त्रालय र भीम कार्कीलाई स्वास्थ्य मन्त्रीमा पठाउने टुंगो लागेको छ ।

अन्य २ जनाको लागि भने छलफल जारी छ ।

आजै पौने १२ बजे नयाँ मन्त्रीको पर्यटन बोर्ड कार्यालयमा शपथको तयारी गरिएको छ ।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्