उपत्यका विकास प्राधिकरणका तत्कालीन आयुक्त  तिवारीविरुद्ध १० करोडको भ्रष्टाचार मुद्दा



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध १० करोड ५४ लाखभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तिवारीले सार्वजनिक पद धारण गरेदेखि हालसम्म आर्जन गरेको २५ करोड ६ लाखभन्दा बढी रकम मध्ये १० करोड ५४ लाखभन्दा बढी रकम गैरकानूनी रुपमा आर्जन गरेको पाइएकाले आज विशेष अदालत काठमाडौँमा भ्रष्ट्राचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।

अख्तियारले तिवारीकी श्रीमती मिना देवी तिवारी र छोरी मीरा तिवारीलाई पनि प्रतिवादी कायम गरी सजाय हुन माग दाबीसहित मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्