पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश
काठमाडौँ, ३ वैशाख । सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्कालाई छोड्न आदेश दिएको छ ।
कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्कालाई छोड्न आदेश दिएकाे हाे ।
‘निजको पक्राउ पुर्जी र म्याद थप कानुन सम्मत देखिएन । निजमाथि दाबी कसुरको अनुसन्धान हिरासतबाहिर बसेर नै हुन सक्ने प्रकृतिको देखिँदा सम्बन्धित अदालतबाट अनुमति लिई मात्र निवेदकलाई विदेश जान दिनू, निजलाई तत्काल थुनामुक्त गर्नु भनी बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ,’ संक्षिप्त आदेशमा भनिएको छ ।
सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कालाई १५ चैतमा पक्राउ गरेको थियो ।
प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार
















