कति छ विदेशी मुद्राको विनियम दर?
काठमाडौँ, ६ वैशाख। नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा छ। आज युरो १ को खरिददर १७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७६ पैसा छ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ७५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा छ। आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा छ।
आज कुबेती दिनार १ को खरिदर ४८४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४८६ रुपैयाँ ५८ पैसा छ। आज बहराइन दिनार १ को खरिदर ३९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३९५ रुपैयाँ १२ पैसा छ।
प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार
















