जेनजी आन्दोलनका बेला कारागारबाट भागेका कैदी पक्राउ



काठमाडौँ, ६ ज। जेनजी आन्दोलनका बेला कारागारबाट भागेका एक जना कैदी पक्राउ परेका छन् । जेनजी आन्दोलनका बेला सुन्धारास्थित कारागारबाट भागेका सोलुखुम्बुको दूधकुण्ड ६ सल्लेरीका २७ वर्षीय मिङमार शेर्पा पक्राउ परेका हुन्।

शेर्पालाई शनिबार कागेश्वरी मनोहरा नगरपालिका९६ मुलपानीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलात्कार मुद्लामा कारागार चलान भएका उनी भागेर मुलपानीमै बस्दै आएका थिए ।

प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्