सुनको मूल्य बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?



काठमाडौँ, ८ वैशाख। नेपाली बजारमा सुनको मूल्य १६ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुनको भाउ तीन लाख एक हजार ३०० रुपैयाँ तोकिएको छ।

हिजो दुई लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। यस दिन चाँदी तोलामा रुपैयाँले ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १६० कायम भएको छ ।

हिजो पाँच हजार १९० मा खरिदबिक्री गरिएको थियो।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार