कति छ आज काठमाडौँको तापक्रम?



काठमाडौँ, ९ वैशाख। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज (बुधबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.६ डिग्री सेल्सियस देखिएको छ।

यद्यपि यो सुरुवाती मापन हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउँछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम सुरुवातको भन्दा केही घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ। 

हिजो (मंगलबार) भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम ३०.१ डिग्री सेल्सियस थियो।  

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म हुन सक्ने अनुमान गरिएको मौसमविद् महर्जनले बताइन्। 

प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्