सानेपामा कांग्रेस कार्यसम्पादन समितिको बैठक, संसदीय दलको विधानबारे छलफल



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक जारी रहेको छ।

बैठकमा संसदीय दलको नेताको निर्वाचन, समसामयिक राजनीतिलगायत विषयमा छलफल भइरहेको जनाइएको छ।

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्नको लागि निर्वाचन गर्दैछ।

अपराह्न ३ बजेबाट संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता सुरु हुने भएको छ। ४ः४० मा उम्मेदवारीको अन्तिम नामावली प्रकाशन र ५ बजेपछि मतदान गर्नेगरी कार्यतालिका ल्याएको छ ।

त्यसअघि कांग्रेस कार्यसम्पादन समितिको बैठकमा संसदीय दलको विधानबारे छलफल चलेको हो।

प्रतिनिधिसभामा ३८ सांसद रहेको कांग्रेसमा दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे, मोहन आचार्य र निश्कल राईको दाबेदारी छ ।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्