सुकुम्बासी बस्ती पुग्यो प्रहरी
काठमाडौँ, १२ वैशाख। काठमाडौँ उपत्यकाका सुकुम्बासी बस्ती बाक्लो संख्यामा प्रहरी परिचालन भएको छ। बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउने अभियान आज डोजर चलाउनुअघि सुरक्षाका लागि प्रहरी खटिएको हो।
बागमती करिडोरको थापाथली, टेकु, तीनकुने र सिनामंगल तथा मनोहरा क्षेत्रमा डोजर चलाएर आज र भोलिमा अतिक्रमित क्षेत्र खाली गराउने सरकारको तयारी छ।
सुकुम्वासी बस्ती हटाउन प्रहरी प्रशासन र काठमाडौँ महानगरपालिकाको टोली बिहानैदेखि थापाथली क्षेत्रमा परिचालन गरिएको छ ।
प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार
















