सुकुमबासी बस्तीमा चल्न थाल्यो डोजर
काठमाडौँ, १२ वैशाख। थापाथली स्थित सुकुमबासी बस्तीमा डोजर चलेको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउन डोजर चलाइएको हो ।
सुरुमा दुईवटा डोजर चलाइएको छ । बस्तीमा रहेका मान्छेलाई बाहिर निकाल्न प्रहरीले सघाइरहेका छन् ।
प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार
















