को बन्ला कांग्रेसको दलको नेता?
काठमाडौँ, १४ वैशाख। नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन गर्न आज बैठक बस्दैछ। संसदीय दलको नेता चयनको विषय पेचिलो बनिरहेका बेला बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । उक्त बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र त्यहीँबाट नाम टुङ्ग्याउने तयारी गरिएको छ ।
कार्यसम्पादन समितिको लगत्तै दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेछ । निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीका अनुसार दलको बैठकले नेता चयन सम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिने र अनुमोदन गर्ने कार्यसूची रहेको छ । दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बेसहितका नेताहरू आकांक्षी छन्।
प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार
















