९ महिनामा एभरेष्ट बैंकको नाफा ३ अर्ब ३२ करोड
काठमाडौं । ९ महिनामा एभरेष्ट बैंकको नाफा ३ अर्ब ३२ करोड कमाएको छ । बैंक प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको विवरण अनुसार बैंकले सो बराबरको नाफा कमाएको हो ।
यो नाफा गत वर्षको सोही समयको तुलनामा १३ करोड रुपैयाँ कम हो । बैंकले गत आवको सोही अवधिमा ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो।बैंकको नोक्सानी व्यवस्थाका लागि छुट्याउनु पर्ने रकम बढेका कारण नाफामा सामान्य गिरावट आएको हो ।
बैंकले ९ महिनाको अवधिमा कर्जा विस्तारमा उल्लेख्य सुधार गरेको छ । असार मसान्तसम्म २ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले चैत मसान्तसम्म २ खर्ब ५० अर्ब रुपैयाँ पुर्याएको छ ।
यता बैंकको निष्क्रिय कर्जा ०।६१ प्रतिशत मात्रै छ । पुँजी पर्याप्तता अनुपात १२।८७ प्रतिशत हुँदा प्राथमिक पुँजी अनुपात ९।५८ प्रतिशत छ ।
एभरेष्ट बैंकको सीडी रेसियो ८५।८८ प्रतिशत, बेसरेट ४।५७ प्रतिशत, ब्याजदर स्प्रेड ३।१२ प्रतिशत र रिटर्न अन इक्विटी १३।५६ प्रतिशत छ । बैंकको प्रतिसेयर नेटवर्थ २४४।२७ रुपैयाँ र ईपीएस ३२।३५ रुपैयाँ रहेको छ ।
बैंकको विवरण अनुसार बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको बैंकले यो नाफामध्ये १ अर्ब ७४ करोड रुपैयाँ सेयरधनीलाई वितरण गर्न सक्छ । यसअघिको सञ्चित नाफा समेत गर्दा ४ अर्ब ४ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।
प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार
















