मानिसको सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक :



काठमाडौँ, १९ वैशाख । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मानिसको सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक हुने बताएका छन् । सुकुमबासी बस्ती तथा अतिक्रमित घरटहरा हटाएको विषयमा प्रतिक्रिया दिँदै उनले सरकारको तयारी नपुगेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘सार्वजनिक स्थल खाली गर्ने नाममा अति हतारमा मन्दिर, स्कुल र बुद्ध जयन्तीकै दिन बौद्ध गुम्बा भत्काइनु कतैबाट उचित होइन। मन्दिर, स्कुल, गुम्बा जस्ता सार्वजनिक संस्थाहरू सार्वजनिक स्थलमै हुन्छन् भन्ने सबैको जानकारीको विषय हो।’

उनी थप लेख्छन्, ‘कसैले आफ्नो छानो गुमेको दृश्य हेर्न नसकेर जीवन नै गुमाए। विकास जीवनका लागि हुनुपर्छ । जीवन विकासका लागि होइन। मानिसको सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक हुन्छ। इतिहास, धर्म,परम्पराको संरक्षण गर्दै गरिने निरन्तरता सहितको विकास नै दिगो र स्थिर पनि बन्छ यसतर्फ सरकारको ध्यान पुगोस्। गृहकार्य पुगेन ।

प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्