नेपाल लाइफको २५औं वार्षिकोत्सव : देशैभर स्वास्थ्य सिविर र रक्तदान
काठमाडौं २३ वैशाख ।“जीवन अमूल्य छ !” — यही नारालाई साकार पार्दै नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो रजत जयन्ती विशेष सामाजिक कार्यक्रमसहित मनाएकाे छ ।
वैशाख २१ र २२ गते प्रधान कार्यालयमा आयोजित २ दिने निःशुल्क स्वास्थ्य सिविरमा इसिजी, थाइराइड, सुगर, प्रेसर, कोलेस्ट्रोल लगायत जाँच र विज्ञ डाक्टरको परामर्श सुविधा दिइयो। यसबाट ६०१ जनाले प्रत्यक्ष लाभ पाए।
यसैसाथ देशका ७ प्रदेशका १३ स्थानमा बृहत् रक्तदान कार्यक्रम सञ्चालन गरियो। काठमाडौं र नारायणगढमा क्रमशः ७८ र ८१ पिन्टसहित देशभर कुल ५०५ पिन्ट रगत संकलन भयो।
२५ वर्षको यात्रामा ५४ लाख परिवारको विश्वास जितेको यस कम्पनीले ७७ जिल्लामा फैलिएको शाखा सञ्जाल र ६९ हजारभन्दा बढी अभिकर्तामार्फत देशकै करिब ३०% बीमा बजार ओगटेको छ।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सबै ग्राहक, अभिकर्ता, कर्मचारी र सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यही विश्वास र सहकार्य कायम रहने अपेक्षा राखे।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार







