खुश्वु ओलीले भनिन्- सुकुमबासी बस्ती हटाउँदा ज्यान गुमाएका नागरिकको जिम्मेवारी सरकार र रास्वपाले लिनुपर्छ



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले सुकुमबासी बस्तीमा डोजर चलाउने क्रममा दुई जनाको मृत्यु भएको घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुकुम्बासी बस्तीमा डोजर चलाउने क्रममा पीडा भएपछि दुई जना नागरिकको ज्यान गएकाले उनीहरूको जिम्मा सरकारले लिनुपर्ने बताएकी हुन्।

ओलीले भनिन्- ‘सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने काम मानवीय संवेदनशीलताको गम्भीर असफलता हो। जसको नैतिक जिम्मेवारी सरकार र रास्वपाले लिनुपर्छ भन्ने माग गर्दछु। ‘

ओलीका अनुसार सुकुम्बासी बस्ती हटाउने प्रक्रिया मानव संवेदनशीलताप्रति बेवास्ता गरेर अघि बढाइएको थियो, जसका कारण ज्यान गुमाउने अवस्था सिर्जना भएको हो ।

उनले सरकारसँगै सत्तारुढ दल रास्वपाले समेत यसको जिम्मेवारी लिनुपर्ने माग गरिन् ।

त्यसैगरी उनले सरकारले संसदलाई बेवास्ता गर्दै अध्यादेशमार्फत शासन गर्न खोजेको आरोप पनि लगाएकी छन् ।

संसदलाई छायाँमा पार्ने प्रयास भइरहेको भन्दै उनले प्रतिनिधिसभा सरकारको कठपुतली हुन नहुने चेतावनी दिइन् ।

उनले थप भनिन्- ‘संसदलाई छायाँमा पार्ने प्रयास भइरहेको प्रतिनिधिसभा सरकारको कठपुतली होइन।’

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्