तोकेभन्दा बढी लगानी गर्नेलाई ‘लगानी भिसा’ उपलब्ध गराउँदै सरकार



काठमाडौं । सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था गरिने उल्लेख गरेको हो ।

नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने–‘नेपाल सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइनेछ ।’

पौडेलले अहिले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्