प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्षमा रबिन्द्र ढकाल चयन
काठमाडौँ २८ वैशाख। प्रभु स्टक मार्केट लिमिटेडको सञ्चालक समितिको २०८३ वैशाख २५ गते बसेको ६३औँ बैठकले प्रभु बैंक लिमिटेडका चिफ म्यानेजर रबिन्द्र ढकाललाई कम्पनीको अध्यक्षमा चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष ढकालको नेतृत्वमा प्रभु स्टक मार्केट लिमिटेडले आफूलाई प्रतिस्पर्धी र विश्वासिलो स्टक ब्रोकर संस्थाका रूपमा स्थापित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । कम्पनीले अध्यक्ष ढकाललाई सफल कार्यकालको शुभकामना समेत दिएको छ ।
बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा लामो अनुभव हासिल गरेका ढकालको नेतृत्वले प्रभु स्टक मार्केटलाई पूँजी बजारमा थप सशक्त र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
प्रभु बैंक लिमिटेडले हाल देशभर फैलिएका ३०० शाखा कार्यालय, २६१ एटीएम तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले “विश्वास लिन्छौँ, विश्वास दिन्छौँ” भन्ने मूल नाराका साथ गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार
















