नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो, तीन अर्ब २५ करोडभन्दा बढीको कारोबार



काठमाडौँ, १६ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक २४.६३ अङ्कले घटेर दुई हजार ६०८.३३ विन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०४ अङ्कले घटेर ४५२.७९ विन्दुमा कायम भएको छ।

आज ३६५ कम्पनीका ८७ लाख ३७ हजार ३९२ कित्ता शेयर तीन अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँमा खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा सिद्धार्थ बैंक अग्रस्थानमा रहेको छ। त्यसपछि टक्सार पिखुवा खोला हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर र याम्बलिङ हाइड्रोपावर शीर्ष पाँच कम्पनीभित्र परेका छन्।

नेप्सेका अनुसार स्नो रिभर लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त, स्ट्यान्डर्ड चार्टर्ड बैंकको डिबेञ्चर तथा सिर्जनशील लघुवित्तका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्।

यता टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, सोपान फर्मासिटिकल्स, श्रीनगर एग्रीटेक र पियोर इनर्जीका लगानीकर्ताले सर्वाधिक घाटा बेहोरेका छन्।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्