अभ्यास सिरिजमा नेपाल ‘ए’ को ‘क्लीन स्वीप’
काठमाडौँ २८ वैशाख। मुलपानी मैदानमा सोमबार सम्पन्न चौथो तथा अन्तिम अभ्यास खेलमा नेपाल ‘ए’ ले अमेरिकालाई ७ रनले हराउँदै स्कटल्यान्ड र अमेरिका सम्मिलित एकदिवसीय अभ्यास सिरिजमा क्लिन स्वीप गर्यो।
ब्याटिङ: सन्दीप जोराको ११५ बलमा १११ रन (९ चौका, ४ छक्का) को शतकीय पारीको बलमा नेपाल ‘ए’ ले ४९.५ ओभरमा २६४ रन बनायो।
लक्ष्य पछ्याउँदै अमेरिका ४९.१ ओभरमा २५७ रनमा अलआउट भयो। शेहान जयसुर्याले सर्वाधिक ७१ रन बनाए। बलिङमा शेर मल्ल चम्किए — ७.१ ओभरमा मात्र ३० रन दिँदै ४ विकेट झारे।
अब सिनियर टोलीको पालो!
नेपालको सिनियर टोलीले मंगलबारदेखि कीर्तिपुरमा विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नेछ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार







