Deshko News
१६ आश्विन २०८०, मंगलबार

नेपालमा बाहुबली–२ ले कति कमायो ?



दश दिनमै विश्वभरबाट एक हजार करोड भारूको कीर्तिमानी कमाइ गरेको फिल्म बाहुबली(२ ले नेपालमा पनि दुई सातामै १८ करोड रूपैयाँ जुटाएको छ ।

यसअघि नेपाली फिल्म छक्का पञ्जाले पुग नपुग १६ करोड रूपैयाँ कमाएको थियो । ‘बाहुबली(२ ले नेपालबाट पहिलो सातमै १३ करोड रूपैयाँको कमाइ गरेको थियो,’ स्रोतले भन्यो,‘दोस्रो सातमा चुनावी माहौलले गर्दा मोफसलका सिंगलस्क्रिन हलमा दर्शक चाप कम हुँदा ५ करोड रूपैयाँ मात्र कमाइ भएको छ ।’

एसएस राजामौलीद्वारा निर्देशित उक्त फिल्मलाई नेपालमा गोपिकृष्ण मुभिजले वितरणको जिम्मा लिएको थियो । फिल्म देशभरका १२५ पर्दामा सोलो प्रदर्शन पाएको थियो ।

प्रकाशित मिति: ३१ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News