अझै सुरु भएन प्रतिनिधिसभा बैठक



काठमाडौं । बुधबार बिहान ११ः०० बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्न ढिलाइ भएको छ।

११ः०० बजेका लागि बोलाइएको बैठक सवा १२ बजेसम्म पनि सुरु हुन सकेको छैन।

यसैगरी बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गर्ने, बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले दिने, अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थपबारे जानकारी गराउने कार्यसूची छ ।तर, बैठक अझै प्रारम्भ हुन सकेको छैन ।

यसअघिका बैठकमा विपक्षी दलका सांसदहरूले विरोध गर्दै आएका कारण सहमतिका लागि प्रयास जारी रहेकाले बैठक सञ्चालनमा विलम्ब भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद गरेर अवरोध खुलाउन सहमतिको प्रयास गर्दै आएका छन्।

प्रतिनिधि सभाको यही जेठ १७ गतेको बैठकमा सांसदको प्रश्नको जवाफका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएका थिए ।

विपक्षी दलहरूले सम्बन्धी गलत अभिव्यक्ति सच्याउन माग गर्दै बैठक अवरोधलाई कायमै राख्ने तयारी गरेका छन्।

सोही कारण मंगलबारको बैठक पनि स्थगित भएको थियो ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्