प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौँ । प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सरेको छ ।
सदनमा देखिएको गतिरोध अन्त्यका लागि सत्तापक्ष र विपक्षी दलहरूबीच छलफल भइरहेकाले संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार
















