विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी



काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक खेलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेलेका छन्।

अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस रङ्गशालामा भएको खेलको अन्तिममा दुवै टोलीले आक्रामक खेल पस्किए पनि थप गोल हुन सकेन।

खेलको ८५ औँ मिनेटमा इरानले न्युजिल्यान्डको पेनाल्टी बक्स वरपर लगातार दबाब बढाउँदै गोल गर्ने प्रयास गरेको थियो। सोही क्रममा बल इरानी खेलाडी साइद एजातोललाहीको नियन्त्रणमा पुगेको थियो। उनले डिबक्स बाहिरबाट प्रहार गरेको प्रहार क्रसबारको निकै माथिबाट बाहिरिएपछि इरानले खेलमा अग्रता लिने सुन्दर मौका गुमायो।

राजनीतिक रूपमा तनावपूर्ण सम्बन्ध रहेका आयोजक राष्ट्र अमेरिका र इरानबीचको यो भिडन्त निकै गम्भीर माहोलमा खेलिएको थियो।

महिनौँ लामो युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको केही घण्टापछि नै दुई देशबीच खेल सुरु भएको हो।

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन्। जारी विश्वकपमा रोमाञ्चक मानिएको खेलमा न्युजिल्यान्डले दुई पटकसम्म लिएको अग्रतालाई उल्टाउँदै इरानले उत्कृष्ट पुनरागमन गरेको हो।

खेल अवधिभर दुवै टोलीले एकअर्का विरुद्ध लगातार आक्रामक रणनीति अपनाएका थिए। न्युजिल्यान्डले खेलमा दुई पटक स्पष्ट अग्रता बनाए पनि इरानी टोलीले जुझारु खेल प्रदर्शन गर्दै खेललाई बराबरीमा ल्याउन सफल भयो। यो बराबरीसँगै न्युजिल्यान्डको विश्वकप इतिहासमा आफ्नो पहिलो जित दर्ता गर्ने प्रतीक्षा अझै लम्बिएको छ। अर्कातर्फ, बलियो पुनरागमन गरेको इरानले आफू विश्वकपमा केवल औपचारिकता पूरा गर्न मात्र नआएको बलियो सन्देश दिएको छ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्