Deshko News
१६ आश्विन २०८०, मंगलबार

घर–घरमा गएर कम्यूटर बनाउँथे बाहुबली–२ का ‘कुमार बर्मा’, कसरी भए करोडपति ?




मुम्बई
‘बाहुबली–२’ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । ‘बाहुबली’ र ‘बाहुबली २’ ले २००० करोड कमाई गरेको रिपोर्टले देखाएको छ । फिल्ममा कलाकारहरुले आफ्नो भूमिकालाई दमदार तरिकाले निभाएका छन् ।

फिल्ममा त्यस्तै दमदार भूमिका निभाउने ‘कुमार वर्मा’ पनि एक हुन् । उनको वास्तविक नाम पेनमत्सा सुब्बाराजू हो । उनले कैयौं साउथ इन्डियन फिल्ममा काम गरेका छन् । उनको पहिलो फिल्म ‘अम्मा नन्ना’ हो ।

उनी फिल्म आएको कहानी रमाइलो छ । उनी घर–घरमा गएर विग्रेका कम्यूटर बनाउने काम गर्थे । मध्यम परिवारका सुब्बाराजूले पढाई पूरा गरेर डेल कम्पनीमा काम गरेका थिए ।

एक पटक फिल्म डाइरेक्टर कृष्ण वामसीको कम्प्यूटर बनाइदिएका थिए । डाइरेक्टरलाई उनको व्यक्तित्व मन परेपछि उनलाई फिल्ममा अफर गरियो । उनलाई सुरुमा ‘खडगम’ मा भूमिका दिइयो । सुब्बाराजूले पनि सानो रोल भएपनि नौकरी नै छोडिदिए ।

त्यसपछि उनी फिल्म करिअर सुरु भयो र यस क्षेत्रमा भिज्दै गए । राम्रो व्यक्तित्व, शरीरको उचाई र अभिनय कलाले उनी सफल हुँदै गए । बाहुबलीमा पनि उनले  राम्रै भूमिका निर्वाह गरे । उनलाई फिल्म क्षेत्र निकै फापेको छ । करोडौं रुपैयाँ कमाई गरिरहेका छन् ।

प्रकाशित मिति: ३ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News