साउदी अरबियामाथि स्पेनको रबाफिलो जित
काठमाडौँ। फिफा विश्वकपमा साउदी अरबिया स्पेनसँग पराजित भएको छ ।
नेपाली समयअनुसार आइतबार राति अमेरिकामा भएको खेलमा साउदी स्पेनसँग ४-० गोल अन्तरले पराजित भएको हो ।
खेलको १०औँ मिनेटमा लामिन यामलको गोलबाट सुरुवाती अग्रता कायम गरेको स्पेनले २१ र २३औँ मिनेटमा २ गोल गरेको थियो । उक्त २ मिनेटको अवधिमा स्पेनका लागि मिकेल ओयारजाबाल २ गोल गरेका हुन् ।
त्यसपछि ४९औँ मिनेटमा साउदीले आत्मघाती गोल गरेपछि खेलमा स्पेनले ४-० गोलको अग्रता कायम गरेको थियो । त्यसपछि कुनैै पनि गोल हुन सकेन ।
जितपछि स्पेन समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ ।
प्रकाशित मिति: ८ असार २०८३, सोमबार












