जेनजी आन्दोलमा कैलाली कारागारबाट भागेका कर्तव्य ज्यान मुद्धाका कैदी पक्राउ, अर्का व्यक्ति पनि समातिए
कैलाली । जिल्ला कारागार कार्यालय कैलालीबाट फरार रहेका दुई कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी सहायक हवल्दार अमराज बुढाको कमाण्डमा खटिएको टोलीले मंगलबार साँझ फरार कैदीहरूलाई धनगढीबाट पक्राउ गरेको हो ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय कैलालीबाट फरार भएका उनीहरूलाई धनगढी उपमहानगरपालिका–१ बजार क्षेत्रबाट पक्राउ गरिएको कैलाली प्रहरीका प्रवत्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दाका कैदी कैलालीको जानकी गाउँपालिका–९ निवासी २४ वर्षीय सुमित साउद र लागुऔषध मुद्दाका कैदी कैलालीको भजनी नगरपालिका–५ निवासी २३ वर्षीय सुशिल साउद रहेका छन् ।
सुमित साउँदलाई जन्म कैदको सजाए तोकिएको छ । उनीहरुलाई पुनः कारागार कार्यालय कैलालीमा बुझाइएको डीएसपी तिमिल्सिनाले बताए ।
प्रकाशित मिति: १० असार २०८३, बुधबार












