एकैदिन ३६ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा तीन हजार ६०० ले रुपैयाँले घटेर दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १०५ रुपैयाँले घटेर चार हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी तोलामा चार हजार ५९० मा खरिदबिक्री भएको थियो ।
प्रकाशित मिति: १० असार २०८३, बुधबार












