Deshko News
१६ आश्विन २०८०, मंगलबार

आलुचपको पैसा लोकदोहोरी भिडियोमा



भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नं.४ (साविक दलगाउँ-४) घर भई हाल ललितपुर लगनखेल बस्ने कमला भुजेलले लोकदोहोरी भिडियो श्रोता माझ लिएर उदाएकी छन् ।

गल्कोट म्युजिक प्रा.लि.को प्रस्तुतीमा कमला भुजेलको झुण्डिएर मरौंकी बोलको गीतमा साथ दिएका छन् । विनय बुढाथोकीले, लय र शब्द रामु विरहीको रहेको छ भने र रेशम सापकोटाको निर्देशन रहेको उक्त भिडियोको छायाँकन राहुल राईले गरेका छन् ।

सानै देखि गीत संगितमा रुची भएकी कमला भुजेल आर्थिक समस्याका कारण श्रोता माझ आउन नसकेको गुनासो पोखिन् । उनको पहिलो प्रस्तुती श्रोता माझ ल्याउन पनि ठूलो संघर्ष गर्नु परेको तितो यथार्थ देशको न्यूजलाई बताइन् ।

मान्छेले चाहने हो भने जे पनि सम्भव हुने रहेछ भन्ने उनमा खुबि बढेको छ । टि.भी., रेडियो, मोवाईलमा गीत गुन्जदा उनलाइ पनि कहिले निकाल्नु जस्तो लाग्दथ्यो रे, तर जुन कुरा सम्भव भएको छ ।

उनी फेसबुक र म्यासेन्जरमा रोधीघरमा ग्रुप ज्वाइन्ट गरेर गीत गाउँदा गाउँदै उनलाई गीतको लत बसेर नी आज श्रोता माझ लोक दोहोरी गीत लिएर आउन सफल भएको बताइन् ।

ललितपुरको थसिखेलमा ठेलागाडामा दैनिक आलुचप बेचेर डेरा खर्च र छोराछोरीलाई स्कुल भर्ना गरेर बचत भएको पैसा लगानी गरेर भिडियो निकालेकी छन् ।

समाजमा दिनानुदिन माया प्रिती र विभिन्न तनावले झुण्डिएर आत्महत्या गर्नेको संख्या बढिरहेको यस घडीमा उनको जोडी झुण्डिएर मरौंकी भन्दै गर्दा कमलाले झुण्डिएर मर्नु हुँदैन भन्ने सन्देश गीत मार्फत दिइएकी छन् ।

उनको गीत आज युटुबमा चर्चा आएको छ । साथै झुण्डिएर मरौकी गीत युटुव र फेसबुकमा भएकाले सबै श्रोतालाई एकचोटी हेरेर प्रतिक्रिया दिन पनि देशको न्यूज मार्फत अनुरोध गरेकी छन् ।

भिडियो

प्रकाशित मिति: ४ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News