Deshko News
१६ आश्विन २०८०, मंगलबार

हावाहुरीले सैयौं विघाको बाली नष्ट, ५ सय घरमा क्षति



बनियानी (झापा),  जेठ ५

गत जेठ १ गते आएको हावाहुरीका कारण झापामा चार सयभन्दा बढी क्षेत्रफलमा लगाइएको बाली नष्ट भएको छ ।

जिल्ला कृषि कार्यालय झापाले २५० बिघा चैते धान, ६० बिघा मकै र अन्य ९० बिघामा लगाइएको बाली नष्ट भएको जनाएको छ । कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले क्षतिको यकिन विवरण लिन प्रभावित क्षेत्रमा टोली परिचालन गरिएको बताउनुभयो ।

हावाहुरी प्रभावित क्षेत्रका घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी झापा शाखा तथा सशस्त्र प्रहरी बल बैगुनधुराले १६० थान त्रिपाल प्रदान गरेको नेपाल रेडक्रस सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।

हावाहुरीले गौरादह, शिवसताक्षी, कमल गाउँपालिका र गौरीगन्जका करिब २०० वटा घरमा पूर्णरूपमा र करिब ३०० घरमा आंशिक क्षति भएको उहाँले बताउनुभयो । हावाहुरीका कारण १७ जना घाइतेसमेत भएका थिए । रासस

प्रकाशित मिति: ५ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News