देउवा पुत्र जयवीरको नाममा सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी



काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण विभागले ७ दिने पुर्जी काटेको छ ।

पुर्जीमा सम्पत्ति शुद्धीकरण जाँचबुझका क्रममा केही बुझ्नु पर्ने भएकाले ७ दिन भित्र विभागमा आउन भनिएको छ । पुर्जी बुढानीलकण्ठमा रहेको देउवाको घरमा पनि टाँस गरिएको छ ।

विभागले जयवीरका बुबासहित आमा आरजुलाई यसअघि नै बोलाइसकेको छ । देउवा दम्पतीले विभागलाई साउन मसान्तसम्ममा आउने जानकारी गराएका थिए ।

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्