प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजेका लागि बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१–२०८२’ पेस गर्नेछिन् ।

‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१-२०८२’ पनि मन्त्री गौतमले पेस गर्नेछिन् । बैठकमा मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’लाई समेत प्रस्तुत गर्ने कार्यसूची छ ।

“नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि आजकै बैठकमा प्रस्तुत हुनेछ ।

प्रकाशित मिति: २५ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्