Deshko News
१६ आश्विन २०८०, मंगलबार

चौथो श्रीमतीको रुपमा शिल्पालाई भित्राउँदै छविराज ओझा



चल्तीकी नायिका शिल्पा पोखरेल जीवन र करियरको नयाँ मोडमा आइपुगेकी छन् । छविराज ओझाको लगानीमा बनेको चलचित्र ‘लज्जा’बाट रजतपट डेब्यु गरेकी उनी छविसँगै विवाह गर्ने निर्णयमा पुगेकी छन् ।

छवि क्याम्पबाट नायिका रेखा थापालाई रिप्लेस गरेकी शिल्पा र छविबीचको सम्बन्धको चर्चा सुरुदेखि नै भएको हो ।

‘अब एक वर्षभित्रमा हाम्रो विवाह हुन्छ’, शिल्पाले भनिन्, ‘बुवाआमालाई बल्लबल्ल मनाएँ । तीनतीन वटा घर बिग्रेको मान्छे, उमेर पनि मिल्दैन । जीवन के होला भनेर सुरुमा चिन्ता लिनुभयो । तर उहाँको वास्तविकता बुझाएपछि मान्नुभयो ।’

छविको धेरै कुराबाट उनी प्रभावित छिन् । ‘राम्रा र नराम्रा पक्ष छलंग देखाइदिनुहुन्छ, गाइड गर्नुहुन्छ’, उनले भनिन्, ‘गाली पनि गर्नुहुन्छ त्यसबाट कमी, कमजोरी सुधार्ने मौका पाइन्छ ।’ अन्नपूर्णपाेष्ट

प्रकाशित मिति: ५ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News