यू–१९ महिला प्रिमियर कप : सिंगापुरमाथि नेपालको सानदार जित
काठमाडौँ। एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले दोस्रो जित निकालेको छ। नेपालले सिंगापुरमाथि १५१ रनको अर्को फराकिलो जित निकालेको हो। यसअघि समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले कतारलाई १०५ रनले हराएको थियो।
नेपालले दिएको २०० रनको बलियो लक्ष्य पछ्याएको सिंगापुरले पूरा २० ओभरमा ८ विकेट गुमाएर ४८ रन मात्र बनाउन सक्यो। अंकितावर्षा राजले सर्वाधिक १९ रन बनाइन्।
नेपालका लागि अनु कडायतले ४ ओभरमा ४ रन मात्र दिएर ३ विकेट लिइन्। मनिषा उपाध्याय र रिया शर्माले २-२ विकेट लिए भने कप्तान सोनी पाख्रिनले १ विकेट लिइन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा कुनै पनि विकेट नगुमाइक १९९ रन बनाएको थियो। ओपनर सना प्रवीणले सर्वाधिक ९८ रन बनाए अविजित रहिन् भने अर्की ओपनर साबित्री धामीले ७४ रन बनाइन्।
नेपालले अब समूह चरणको अन्तिम खेलमा हङकङसँग खेल्नेछ । हङकङले यसअघि सिंगापुरलाई पराजित गरेको छ भने कतारले हङकङलाई पराजित गरेको छ।
प्रकाशित मिति: २८ असार २०८३, आइतबार










