सुनको मूल्य आज पनि बढ्यो
काठमाडौँ। सुनको मूल्य आज बढेको छ। सुनको भाउ आज तोलामा ६ सय बढेर २ लाख ८८ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको शुक्रबार सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँ बढेर २ लाख ८७ हजार ४ सय कायम भएको थियो।
चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेर आज ४ हजार ४ सय ७५ रुपैयाँमा झरेको छ।
शुक्रबार तोलामा १७० रुपैयाँ बढेर चाँदीको भाउ तोलाको ४ हजार ५ सय १० पुगेको थियो। गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।
प्रकाशित मिति: २८ असार २०८३, आइतबार










