पहिरोले एकको मृत्यु, पाँच घाइते


 


चरिकोट, असार १९
दोलखाको गौरीशङ्कर गाविस–९ स्थित सिप्रिङखोला जलविद्युत आयोजनामा शुक्रबार दिउँसो सुख्खा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ। यस घटनामा अन्य पाँचजना घाइते भएका छन्।
पहिरोले पुरिएर बुलुङ–९ का हेमबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अजय केसीले जानकारी दिए। पहिरोमा परी लामाबगर गाविस–९ का धनध्वज तामाङ, वडा नंं ७ का लक्ष्मण तामाङ, खारे गाविस–९ का सूर्य मगर र भारत देहरादुनका क्षितिज मुसलमान रहेका छन्।

पहिरोमा परेर आयोजनाका कर्मचारी ओराङ गाविस–७ की शर्मिला आचार्य बेपत्ता भएकी छन्। पहिरोबाट आयोजनास्थलमा क्षति पुगेको छ।

यही आयोजनास्थलमा २०६७ साल साउन दोस्रो सातामा पहिरो जाँदा ११ जनाको मृत्यु भएको थियो। रासस

प्रकाशित मिति: १९ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्