खोलाको टापुमा फसेका युवकको उद्धार



धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी खोलाको बीचभागमा फसेका एक युवकको उद्धार गरिएको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त विपद् उद्धार टोलीले उनको उद्धार गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार साँझ करिब ५स्१० बजे बर्दगोरिया गाउँपालिका–१ निवासी ३६ वर्षिय अपिल मल्ल साथीहरूसँग वनभोजका लागि गोदावरी खोलामा पुगेका थिए। वनभोज सकेर फर्कने क्रममा उनी खोलाको बीचभागमा रहेको टापुमा फसेका थिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त विपद् उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो।

संयुक्त टोलीले मल्लको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्