आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
काठमाडौं। आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डा किरण नकर्मीले जानकारी दिए।
शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो।
प्रकाशित मिति: ३० असार २०८३, मंगलबार










